इराकमा बालिकाले ९ वर्षकाे उमेरमै विवाह गर्न पाउने कानून संसदमा पेश

छिनोफानो   शनिबार २६, साउन २०८१ ०५:१६

इराकको सरकारले बालिकाले नौ वर्षको उमेरमै विवाह गर्न पाउने कानून संसदमा पेश गरेको छ ।

इराकी कानूनअनुसार अहिले महिला र पुरुष दुवैतर्फ १८ वर्ष पूरा भएपछि मात्रै विवाह गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई सरकारले घटाएर बालिकाले नौ वर्ष र बालकले १५ वर्षको उमेरमै विवाह गर्न पाउने प्रस्ताव गरेको हो ।

इराकको कानून मन्त्रालयले संसदमा पेश गरेको कानूनमा विवाहका लागि धार्मिक कानून वा फौजदारी कानूनमध्ये एक रोज्ने अधिकार दिइएको इराकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

मानव अधिकारवादी सङ्घ–संस्थाहरूले विवाहको उमेर घटाउने कानूनको विरोध गरेका छन् । यो कानून पास भएमा बालविवाह बढ्ने र यसले किशोरीहरूको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानव अधिकारवादी सङ्घ–संस्थाको चिन्ता छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु