पेरिस ओलम्पिकको अन्तिम दिन आज म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

छिनोफानो   आइतबार २७, साउन २०८१ ०७:१४

काठमाण्डौ – पेरिस ओलम्पिक सन् २०२४ को अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिकमा छनोट भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छन् । सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् ।

नेपालबाट सहभागी सातमध्ये छ खेलाडी ओलम्पिकमा सहभागी भएर स्वदेश फर्किसकेका छन् । नेपालबाट पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु