रोहित पौडेल आबद्ध टिमले ग्लोबल टी – २० क्यानडाको उपाधि जित्यो

छिनोफानो   सोमबार २८, साउन २०८१ ०९:२४

नेपाली राष्ट्रिय टोलीका कप्तान सम्मिलित टोली टोरोन्टो नेसनल्सले ग्लोबल टी – २० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा मोन्ट्रेयल टाइगर्सलाई ८ विकेटले हराउँदै टोरोन्टोले उपाधिमाथि कब्जा जमाएको हो ।

मोन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य टोरोन्टोले मात्र १५ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । रोहित सुरुवाती ११ मा नअटाएको खेलमा आन्द्रेस गोउसले ४९ बलमा सर्वाधिक ५८ रनको योगदान दिए ।

त्यस्तै, रासी भान डेर डुसेनले नटआउट रहेर ३४ बलमा ३० रन जोड्दै टोलीलाई जित दिलाए । मोन्ट्रेयालका लागि अज्मतुल्लाह ओमरजाई र कोरबिन बोस्चले १ – १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रेयाल २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनमा सीमित बनेको थियो । टोलीका लागि कोरबिनले ३३ बलमा सर्वाधिक ३५ रनको योगदान दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु