एपीएफका ३ जना महिला भलिबल खेलाडी सम्मानित, निरुता ठगुन्ना सहायक हवल्दारमा बढुवा

छिनोफानो   बिहिबार ३१, साउन २०८१ ०७:१८

काठमाण्डाै – काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।

एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चाैधरी र कविता भट्टलाई पनि हिजाे नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।

निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडीलाई पुरस्कारसहित सम्मान गर्नुभएकाे हाे ।

गएको हप्ता भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ काे सेटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु