रियल मड्रिडलाई कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि, एमबाप्पेको डेब्यु गोल

छिनोफानो   बिहिबार ३१, साउन २०८१ ०७:२६

काठमाण्डाै – एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो ।

रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । भाल्भेर्देले खेलको ५९ औँ र एमबाप्पेले ६८ औँ मिनेटमा गोल गरे । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।

रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । यस्तै बार्सिलोना र एसी मिलानले समान पाँच पटक उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु