अस्ट्रेलियामा बेरोजगारी दर दुई वर्षयताकै उच्च

छिनोफानो   बिहिबार ३१, साउन २०८१ ०२:१६

अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जुनमा यो दर ४.१ प्रतिशत थियो। हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछिकै उच्च हो। 

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दर निरन्तर बढ्ने संकेत पछिल्लो तथ्यांकले देखाएको छ।

एबिएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अस्ट्रेलियालीहरूको कुल संख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको संख्या २३ हजार ९०० ले बढेर ६ लाख ३७ हजार १०० पुगेको छ। जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्दछ। यो संख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसंख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रस्ट पार्छ। सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको संकेत गरेको एबीएसका श्रम तथ्यांक प्रमुख केट ल्याम्बले  विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

उच्च सहभागिता दर र उच्च रोजगारीदेखि जनसंख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको संख्या धेरै भएको जनाउँछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु