३७ वर्षीया सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीमा नियुक्त

छिनोफानो   शुक्रबार ३२, साउन २०८१ ०२:३१

पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्नुभएको छ । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उहाँ यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला हुनुहुन्छ । अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो महिला हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट सिनावत्रा प्रधानमन्त्री बन्नुभएको हो । उहाँ थाइल्यान्डका पूर्वनेता तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुनुहुन्छ ।

पाएटोङ्गटार्न सिनावत्रा र पूर्वप्रधानमन्त्री सेटा टवीसिन दुवै जना फउ थाई पार्टीका हुनुहुन्छ । सिनावत्रा सन् २०२१ मा फउ थाई पार्टीमा आबद्ध हुँदै २०२३ को अक्टोबरमा पार्टीको नेतामा नियुक्त हुनुभएको थियो ।

सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीको खबरमा उल्लेख छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

यसैबीच पाएटोङ्गटार्न सिनावत्राले पूर्वप्रधानमन्त्री टवीसिनको कामको प्रशंसा गर्दै उहाँको बर्खास्ती दुर्भाग्यपूर्ण भएको बताउनुभएको खबरमा उल्लेख छ । हिजो आफ्नो पार्टीको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूहरू देशलाई अगाडि बढाउन दृढ, संयमित र तयार छौँ भनेर नागरिकलाई देखाउन भेला भएको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु