अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपाली तेक्वान्दो टोली मकाउ प्रस्थान

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०७:३२

काठमाण्डौ – तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी हुन ९ जना खेलाडीसहित ११ सदस्यीय नेपाली टोली हिजो मकाउ गऐको छ ।

भोलि भदौ ८ र पर्सि ९ गते हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि डेनिड विक र विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्ने   छन् ।

महिलाको एकल पुम्सेमा मुना खवास मगर, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अन्जली लामा र एकल पुम्सेमा अनुजा राईले खेल्ने छन् । टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ र निर्णायकमा  अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङ रहेका छन् ।

निर्णायक घिसिङका अनुसार मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनि यही प्रतियोगितामा सहभागिता जनाउने छन् । टोली प्रमुखमा मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु