टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख रुपैयाँ दिने

छिनोफानो   शुक्रबार १४, भदौ २०८१ ०७:१३

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध दिने निर्णय गरेको छ । क्यानको हिजो बसेको कार्यसमितिको बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा सहभागी मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि बैठकले गरेको छ । अन्य सपोर्ट स्टाफले भने जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पाउने भएका छन् ।

क्यानले प्रत्येक प्रदेशका २ जना महिला र ३ जना पुरुष खेलाडी गरी देशका सबै ७ प्रदेश क्रिकेट सङ्घका कुल ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब पनि दिने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आईसीसीको निर्देशन पर्खेको छ ।

निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको फुकुवाबारे आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी त्यहाँबाट प्राप्त निर्देशनअनुसार सङघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ ।

क्यानले आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु