पोलियो खोपका लागि गाजामा युद्धविराम गर्न ईयूको आग्रह

छिनोफानो   शुक्रबार १४, भदौ २०८१ ०७:२५

युरोपेली स‌घ (ईयू) ले गाजापट्टीमा सबै बालबालिकालाई पोलियो खोप दिन अनुमति दिन ‘तत्काल’ मानवीय विश्रामको आह्वान गरेको छ। गाजापट्टीमा गत महिना २५ वर्षमा यो रोगको पहिलो मामिला रेकर्ड गरिएको थियो। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले आगामी सातामा सम्पूर्ण क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका छन् । यसमा छ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप-२ पोलियो भाइरस (सीभीडीपीभी-२) विरुद्ध मौखिक खोप उपलब्ध गराइने छ। 

‘यी अत्यावश्यक अभियानहरूलाई सफल र समयमै कार्यान्वयन गर्न अनुमति दिन सबै पक्षको मानवीय विश्रामप्रति प्रतिबद्धता महत्त्वपूर्ण हुनेछ’, ईयूका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले २७ सदस्यीय मुलुकहरूको ब्लकका तर्फबाट विज्ञप्तिमा भने, ‘१० महिनाभन्दा धेरैको लडाइँ र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र खराब सरसफाइको अवस्थाका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यामा फैलिएको महामारीबाट बच्न आवश्यक छ।’

राष्ट्रसंघका अनुसार गाजाका २४ लाख प्यालेष्टिनीमध्ये अधिकांश (यसमा करिब आधा बालबालिका छन्) विस्थापित भएका छन् र बढ्दो साना क्षेत्रहरूमा भरिएका छन्। 

संयुक्त राष्ट्रसंघ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। गाजामा स्थिर पानी, फोहरको थुप्रो, गर्मीको उच्च तापक्रम र भीडभाडले महामारीका लागि प्रजनन स्थल बनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु