कैलाली । कैलालीमा बेवारिसे अवस्थामा काठ फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका(९ शिवशक्ति सामुदायिक वन नजिकै कर्णाली नदी किनारमा सिसमको ३ थान गोलिया (१० क्युफिटं) काठ प्रहरीले आइतबार बरामद गरेको हो ।
प्रहरी चौकी अमरावतीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा काठ फेला पारेर नियन्त्रणमा लिई सब–डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस