धनगढीमा फोहोर व्यवस्थापन गर्ने एक पुरुषको मृत्यु

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ ०८:५५

धनगढी । एक्कासि ढलेर कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने  एक पुरुषको  मृत्यु भएको छ ।

भजनी नगरपालिका  ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको  हिजो (सोमबार) साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका  चौधरीको कोठाबाट काम गर्ने स्थान जाने क्रममा एक्कासि ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको श्रीमती आशा चौधरीले नै झलीरामको एक्कासि ढलेर मृत्यु भएको खबर दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु