कञ्चनपुरमा लागू औषध सहित २ जना पक्राउ

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ १०:४३

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट  लागू औषध ब्राउन सुगर सहित २  जना  पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुँवरका अनुसार हिजो (सोमबार)  साँझ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले १ दशमलव १५ मिलिग्राम ब्राउन सुगर सहित बेलौरी नगरपालिका  १० सडकघाटबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका १० सडकघाटका  विकास चौधरी र सोही ठाउँका  खेम बहादुर थापा रहेको बताए । 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु