५९ लाख मूल्यको सामान बरामद

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ ११:२८

कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँक अनुसार बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाइल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् । बरामद सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु