बैतडीमा कपडा सुकाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु, ४ जना घाइते

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ १२:२४

बैतडी ।  हिजो बैतडीमा कपडा सुकाउने बेला करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  पाटन नगरपालिका(६ डुङग्राकी ५७ वर्षीया जानकी लुहार आफ्नै घर नजिक विद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रवाह भएको ग्याबिङ जालिमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।


उनलाई उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा मृत्यु भएको प्रहरीले बताएको छ । साथै लुहारलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षकी कलावती ओड, १२ वर्षकी पवित्रा ओड, १० वर्षकी भवनेश्वरी ओड र २२ वर्षकी सिता लुहारलाई करेन्टको झड्का लागेको र अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु