ब्राईटवे पब्लिक स्कुल सस्कृती संरक्षण अभियान :तिजको अवसरमा गर्यो महिला अभिभावक र छात्राहरुलाई दर खाने कार्यक्रमको आयोजना

पवन भण्डारी   मङ्गलबार १८, भदौ २०८१ ०६:११

धनगढी । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा ब्राईटवे पब्लिक स्कुल हसनपुरले आयोजना गरेको महिला अभिभाकहरु तथा छात्राहरुलाई शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । 

विद्यालयले तिजको पुर्ब सन्ध्यामा महिला अभिभावकहरुलाई निमत्रणा गर्दै दर खाने कार्यक्रमको आयोजना गरेको थियो । बिद्यालयले विभिन्न कार्यक्रमको आयोजना गर्दै  बिध्यार्थीहरुलाई चाड पर्बमा सस्कार र सस्कृतीको जगेर्ना गर्नका लागि सिकाउदै आएको छ ।  

विद्यालयले हरेक चाड पर्बबारे बालबालिकालाई जानकारी गराउने र प्रत्येक्ष कार्यक्रम मार्फत सस्कृती जगेर्ना बारे चेतना फैलाउनुले कलासस्कृती जर्गेनामा निकै राम्रो फाईदा पुग्ने अभिभावकहरुको बुझाइ छ । आफुहरुले बालबालिका लाई कला सस्कृती चाड पर्व बारे जानकारी होस र पछि गएर बालबालिकाले आफ्नो सस्कृतीलाई जोगाउन तर्फ लागुन भन्ने उद्देश्यका साथ हरेक चाड पर्बमा कार्यक्रम आयोजना गर्दै बालबालिका लाई जानकारी दिने गरेको प्राधानाध्यापक कुबेर साउदले बताए । 
उनले भने चाड पर्व रितिरिवाज मूल्य मान्यताले हाम्रो देश प्रख्यात रहेको हुदा बिध्यालय स्तर बाटै बालबालिकालाई  ज्ञान दियो भने रितिरिवाज चाडपर्व जगेर्नाको लागि सजिलो हुने बताए ।  

बिधालयमा हिन्दु समुदायका मात्र बालबालिका नभएर अन्य समुदायका बालबालिका पनि रहेको बताउदै साउदले भने उनिहरुलाई पनि सस्कृतीबारे जानकारी होस सामाजिक सद्भाव कायम रहोस भन्ने उद्देश्य बिधालयको रहेको बताए । 

ब्राईटवे पब्लिक स्कुल पछिल्लो समय पढाई सङ्गै अन्य क्रियाकलापमा समेत राम्रो गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु