पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी

छिनोफानो   बुधबार १९, भदौ २०८१ ०६:४२

काठमाडौं : पेरिस पारालिम्पिकस्‌ अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ। 

टोलीलाई  त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ। 

राखेपका अनुसार टोली अहिले ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ।  त्यसपछि साढे ८ बजे र्‍याली गरिने छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिने कार्यक्रम छ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु