सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

छिनोफानो   बुधबार १९, भदौ २०८१ १०:२३

काठमाण्डौ – सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सरको उपचार हुने भएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गएको असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गर्नुभएको थियो । जसमा क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु