कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

छिनोफानो   बिहिबार २०, भदौ २०८१ ०८:३०

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेलाको मौसम सामान्यतया सफा छ । बिहानपख भने सर्लाही, काठमाण्डौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा पानी परेको छ ।

कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनु भयो ।

आज कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु