बझाङमा सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अबरुद्ध

छिनोफानो   बिहिबार २०, भदौ २०८१ १०:५७

बझाङ – बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । आज बिहान साढे सात बजेतिर तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो । राजमार्ग अबरुद्धका कारण जिल्ला बाट छुट्ने र जिल्ला भित्रिनी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन भने यात्रुहरु अलपत्र परेका छन् ।

लगातार पहिरो खसिरहेका रहेका कारण सडक खुलाउन पनि समस्या भएको बस व्यावसायी जोग बहादुर दौल्यालले जानकारी दिनु भयो । बिहान बझाङ बाट धनगढी, काठमाण्डौ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दौल्यालले बताउनु भयो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु