स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियालाई : दोस्रो खेलमा जोस इङ्ग्लिसको कीर्तिमानी शतक

छिनोफानो   शनिबार २२, भदौ २०८१ ०७:०६

स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियाले जितेको छ । तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडी नै जितेको हो । घरेलु टोलीलाई पहिलो खेलमा ७ विकेटले हराएको अस्ट्रेलिया हिजो भएको दोस्रो खेलमा ७० रनले विजयी भयो ।

अस्ट्रेलियाले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६ ओभर ४ बलमा एक सय २६ रनमा अलआउट भयो । टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

यो खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४९ बलमा एक सय तीन रन जोडे । ४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन् । यसअघि आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसले नै समान ४७ बलमा शतक पूरा गरेका थिए । दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आज हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु