गायक दीपेन्द्र रावल दिलजले भन्छन् : प्रवासमा पुगेपछि मात्र गायक बन्ने रहर पुरा भयो

छिनोफानो   आइतबार २३, भदौ २०८१ ०४:३८

धनगढी । सानै उमेरमा बन पाखा  मेलापातमा गीत गुनगुनाउने र ठुलो भएपछि कलाकार बन्नु पर्छ भन्ने सोच राखेका डोटीको बोगटान फुड्सील गाउँपालिका ५ धिर्कामाण्डौका दीपेन्द्र रावल दिलजले लाई आफ्नो सपना पुरा गर्न बर्छौ लाग्यो । रेडियो प्रेमी र गीत सङ्गीत प्रेमी दिलजले पछिल्लो समय प्रवासमा बसेर साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन लागी परेका छन  । डोटीको बोगटान फुड्सील गाउँपालिका ५ धिर्कामाण्डौ जन्म भएका रावल यति बेला रोजगारीको सिलसिला भारतमा बस्दै आएका छन ।

सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गायक रावलको कलाकार बन्ने चाहाना भने प्रवास छिरे पछि मात्र पुरा भयो । विपन्न परिवारमा जन्मनु भएका गायक रावल भन्छन् सानैमा कलाकार बन्ने चाहाना थियो तर आफू सँग आर्थिक थिएन चाहाना भएर के गर्नु उनले भने । हुन त घरपरिवारमा सबै भन्दा कान्छो म थिए तर पनि घरको आर्थिक स्थिति राम्रो थिएन । बिस्तारै घर परिवारको समस्या बुझ्दै आफू भारतमा रोजगारको लागी गए । 

केही समय पछि आफूमा भएको कलाकार बन्ने चाहाना पुरा गर्न मैले गीत बजारमा ल्याउने तयारी गरे उनले भने । मैले पहिलो गीत जब बजारमा ल्याए उक्त गितले मलाई अझै त्यो क्षेत्रमा लाग्नु पर्छ भन्ने जोस बढ्यो र मैले गीत हरू गाउँदै गए । करिब १ दर्जन भन्दा बढी गीत गाई सकेका दिलजले भन्छन् पछि बिस्तारै बिहे भयो पारिवारिक जिम्मेवारी थपियो त्यस पछि मैले आफ्नो यात्रा केही कम गरेको छु ।

 भारतमा काम गर्दै गर्दा आफ्ना दुःखहरू सम्झिन्थे र जसरी नि केही गर्नु पर्छ भन्ने अठोट राखेको थिए । आफू सानै उमेरमा विद्यालय तीरहरू हुने कार्यक्रम तथा बन पाखामा गीतहरू गाउँथे रेडियो सुन्दा गीतहरू बज्दा मैले पनि कलाकार बन्नु पर्छ सोच्थे तर त्यो सपना पुरा गर्न मलाई बर्छौ लाग्यो । म कला सस्कृती जर्गेना गर्नु पर्छ भन्ने सोच राखेर यो क्षेत्रमा लागेको हु प्राय मैले धेरै गीतहरू डेउडा नै गाएको छु उनले छिनोफानो डटकम सँग कुरा गर्दै भने । 

रेडियो प्रेमी दिलजले पत्र मित्रता गर्न निकै रुचाउँथे । फोन नभएको बेला रेडियोमा पत्राचार गर्ने र साथी बनाउने र आफ्ना सृजनाहरू राख्ने गर्दथे । रावल भन्छन् अझै डेउडा गीत नै गाउने छु यो हाम्रो सस्कृती हो हामीले नै जर्गेना गर्नु पर्छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु