१९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप हुने

छिनोफानो   बिहिबार २७, भदौ २०८१ ०६:५३

एशियाली क्रिकेट परिषद् (एसीसी) ले १९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसीको कार्यकारी बोर्डको बैठकले एशिया कप गर्ने निर्णय गरेको हो ।

एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महिला टी ट्वान्टी एशिया कप गर्ने निर्णय गरेको एसीसीले जनाएको छ ।

आफ्नो इतिहासमा पहिलो पटक एसीसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैङ्गिक समानतालाई बढवा दिन सहयोग गर्ने एसीसीको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु