अछाम । लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबै भन्दा ठूलो केदारनाथ मेला यस बर्ष कार्तिक २१ गते अर्थात आजबाट शुरु भएको छ ।
कार्तिक शुक्ल पञ्चमी देखि चतुर्दशी सम्म चल्ने मेलामा केदारनाथ देवताको पूजाआजा गरी मनाइने गरिन्छ भने मेला ‘जामाको जात्रा’ नामले प्रख्यात रहेको छ ।
अछामको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको छ । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताले धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने भनिन्छ तिन तले ठुला घर बाट छडाल देवताले पानी खाने र बाघ बिरालो हुने गरिन्छ अर्थात खला जात्रा गरिन्छ ।
यसवर्ष तिथिको घटबढको कारण कार्तिक २८ गते खला नाच्ने र २९ गते केदार माडुँमा हुम गरिने छ । छणाल देवताको पुजा भने ३० गते पुर्णिामाको दिन हुने भयको छ। अछामको एक मात्र डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मीक एवम ऐतिहासिक विश्वास रहिआएको पाईन्छ । गाउ बाट बाहिर गएका अध्यन र रोजगारीको जिल्ला बाहिर रहेका हरु जामा गाउमा फर्किने क्रम सुरु भयको छ । यस वरि परिका गाउमा दशै तिहार भन्दा बढी महत्त्व केदार मेला लाइ दिने गरिन्छ । केदारको जात भाइबिनाको भेट भनेर पनि पुकारिन्छ। हिउद सुरु हुने देश प्रदेश र अन्यत्र जानेहरु पनि केदार मेला पछि नै जाने गर्ने भयकोले यस मेला लाइ महत्त्वपूर्ण मानिन्छ । सुद्द शाकाहारी देवता भएकोले दुध र घ्युको प्रसाद ग्रहण गर्ने सायद अछाममा केदार देवता मात्र भयको बुझिन्छ ।
सोहि दिन डोटी, बड्डि केदारनाथ र कैलाली, बर्दगोरीया १ कट्टिपुरमा पनी संस्कृतिक तथा धार्मिक मेला लाग्ने गर्दछ
प्रतिकृया दिनुहोस