अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको ट्रकमा विस्फोट भएपछि प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।
ट्रक विस्फोट हुनु भन्दा दुई घण्टाअघि मात्र लस भेगास शहरमा आइपुगेको प्रहरी अधिकारीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताले यसअघि न्यू अर्लिन्समा भएको घटनासँग पछिल्लो घटनाक्रम जोडिएको छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।
न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएसँगै ३५ जनाभन्दा धेरै घाइते भएका थिए ।
टेस्लाका मालिक उद्योगपति एलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ह्वाइट हाउसले घटनाबारे सुक्ष्म विश्लेषण गरिरहेको भन्दै दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताउदै आउनुभएको छ ।
प्रतिकृया दिनुहोस