कपाल लामो र बाक्लो बनाउन चाहानुहुन्छ? अपनाउनुस यी घरेलु उपाय

छिनोफानो   सोमबार ०८, कार्तिक २०७८ ०२:३६

काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गछौँ । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ।त्यसै जति सक्यो घरेलु उपाय अप्नाउनु निकै उत्तम मानिन्छ। आज हामी तपाईलाई कपाल लामो, बाक्लो र मुलायम बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।कपाल लामो बनाउन यी घरेलु उपाय अप्नाउनुहोस्

मसाज :तेल मसाज कपाललाई लामो गर्ने सबैभन्दा राम्रो प्राकृतिक उपाय हो । मसाज गर्नुभन्दा पहिले तेललाई हल्का तताउनुहोस् र मसाज गर्नुहोस् । मसाजबाट कपाललाई पोषण प्राप्त हुन्छ ।

२. अण्डा :अण्डाको सेतो भागमा थोरै जैतूनको तेल वा मह हालेर राम्रोसँग फिट्नुहोस् र यसलाई कपालमा लगाए एक घण्टासम्म छोडिदिनुहोस्। त्यसपछि यसलाई स्याम्पु लगाएर राम्रोसँग नुहाउनुहोस् । यसो गर्नाले कपाललाई चाहिने आवश्यक पोषक तत्व पूर्ती हुन्छ र कपाल राम्रोसँग बढ्छ।

३. मेहेन्दी :एक कप मेहेन्दी पाउडरमा आधा कप दही मिसाएर करिब २ घण्टा यत्तिकै छोडिदिनुहोस्। त्यसपछि यसलाई टाउकोमा लगाउनुहोस् र सुकेपछि पखाल्नुहोस् । मेहेन्दी लगाउँदा कपाल बलियो र बाक्लो हुने गर्दछ।

४. अमला :अमलामा क्यारोटिनायडजस्ता पोषक तत्व हुने भएकाले यसले कपाललाई बढ्न सहयोग गर्दछ । अमलाको जूसलाई हप्तामा एक पटक कपालमा लगाउँदा कपाल तीब्र रुपमा बढ्ने गर्दछ ।

५. आलूको रस :आलूले कपाललाई निकै छिटो बढ्न सहयोग पनि गर्दछ । नुहाउनुभन्दा पहिले टाउकोमा आलूको रस लगाउनुहोस् त्यसपछि १५ मिनेछ पछि कपाल पखाल्नुहोस्। आलूमा पाइने भिटामिनले तपाईंको कपाललाई लामो, बाक्लो र बलियो बनाउँछ।

६. मेथी :मेथीलाई पिन्नुहोस् र त्यसमा थोरै पानी हालेर पेष्ट बनाउनुहोस् । यसलाई कपालमा लगाएर आधा घण्टासम्म छोडिदिनुहोस् र पानीले पखाल्नुहोस् । यसले कपाल तिब्र रुपमा बढ्छ र कपालको चायाँ छ भने पनि हट्छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु