म्यानचेस्टरमा रोनाल्डोको दोस्रो ‘डेब्यु’ को प्रतिक्षा

  शनिबार २६, भदौ २०७८ ११:२२

एजेन्सी – समर ट्रान्सफर ९खेलाडी सरुवा बजार० को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ ।
प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको दोस्रो डेब्युको ब्यग्र प्रतिक्षामा विश्व फुटबल रहेका छन् । युनाइटेड ३ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

‘रोनाल्डोले यो साता हामीसँग निकै राम्रो समय बिताएका छन् ।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कैपनि मैदानमा केही बेर रहनेछन् । यो निश्चित छ ।’ पाँच पटकको फिफा वालो डि ओर विजेता रोनाल्डोले गत मंगलबारदेखि टोलीसँगै नियमित प्रशिक्षण गरिरहेका छन् ।
सोल्सायरले रोनाल्डोले ४० वर्षको उमेरसम्म उच्च स्तरको फुटबल खेल्न सक्ने समेत बताएका छन् । रोनाल्डोले युभेन्ट्सबाट यो सिजन सिरी ‘ए’ मा एक खेल खेलेका थिए । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २० मिलियन पाउन्डमा २ वर्षको सम्झौता गरेका छन् ।

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । सन् २०१८ उनी युभेन्ट्स पुगेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु