धनगढी उपमहानगर पालिका को वडा ७ मा आठौ निजामती सेवा दिवसको अवसर पारेर देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।“व्यबसायिक र सृजनसिल प्रशासन र बिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ बृक्षारोपण कार्यक्रम गरिएको हो। कार्यक्रमको प्रमुख अतिथीमा सुदुरपश्चिम प्रदेशका प्रमुख सचिब मधुसूदन बुर्लाकोटी रहनु भएको थियो ।
कार्यक्रम मा बोल्दै प्रमख सचिब बुर्लाकोटिले विभिन्न दिवसको अवसर पारेर धेरै सघं सस्थाले वृक्षारोपण गर्दै आएको तर ती बृक्षारोपण गरियका विरुवालाइ राम्रो सङ रेखदेख र जोगाउन कसैको ध्यान नगएको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ । पछिल्लो समयमा बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको तर यसरी गरिएका बृक्षारोपण उपलब्धी मुलक नभएको जानकारी गराउनु भयो । बुर्लाकोटी भन्नुहन्छ बिरुवा बृक्षारोपण गरियको बिरुवा को समय समयमा अनुगमन ,अबलोकन ,रेखदेख गरियो भने बिरुवा सत प्रतिसद बिरुवा हुर्कुनुका साथैे वतावरण जोगाउनमा ठूलो टेवा पुग्नेछ ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिबज्यूहरू , प्रमुख जिल्ला अधिकारी ,कैलाली जिल्लामा रहेका सरकारी कार्यलयका प्रमुखहरु लगायतका निजामती कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम को ब्यबस्थापन डिभिजन बन कार्यलयका धनगढी प्रमुख रामचन्द्र कडेलले गर्नु भयको थियो भने बिरुवा डिभिजन बन धनगढीले उपलब्ध गराएको हो ।
प्रतिकृया दिनुहोस