धनगढीमा प्रहरीद्धारा साढे १० लाखको अवैध सामान बरामद

छिनोफानो   मङ्गलबार १२, फागुन २०८२ ११:१२

धनगढी । कैलालीमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रबाट साढे १० लाख बढिको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–८ क्षेत्रबाट बेवारिसे अवस्थामा अन्दाजी दुई लाख ७८ हजार ४१० बराबरका पंखा क्लिप, पंखा हुक, बेरिङ लगायतका सामग्री फेला पारी नियन्त्रणमा लिएको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–१८ फुलबारीस्थित वर्ष ३५ का रामचन्द्र जोशीको घरकोठाबाट ७ लाख ८० हजार ८९० बराबरका विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सामानसमेत भारतबाट अवैध रूपमा भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले जोशीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Navjiwan hospital adv

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु