भारत ए विरुद्ध नेपालको ब्याटिंग, १० ओभरमा आधा टिम आउट

छिनोफानो   सोमबार ०१, साउन २०८० ०४:११

नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब शुरुवात गरेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरको खेल सकिदा आधा टिम आउट भएको छ ।

१० ओभरमा नेपालले ५ विकेट गुमाएर केवल ३७ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन बनाएर आउट भए भने भीम सार्की ४ रन र कुशल मल्ल शुन्यमा आउट भए ।

भारतीय बलर राजवर्धन हंगारगेकरले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु