सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

छिनोफानो   शुक्रबार २७, मङि्सर २०८२ १२:५७

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ ।

आज सुन तीन हजार पाँच सय रुपैयाँले बढेर तोालाको दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा एक सय रुपैयाँले बढेको छ । आज चाँदी एक सय रुपैयाँले बढेर तोलाको तीन हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय पाँच रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु