नेकपा एमाले अछामले नेपाल कम्युनिस्ट पार्टीको ७६ औ स्थापना दिवसको अवसरमा जेष्ठ कम्युनिस्टलाई सम्मान गरेको छ । मंगलबार मंगलसेनमा रहेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीले जेष्ठ कम्युनिस्टलाई सम्मान गरेको हो ।
पार्टीलाई विभिन्न क्षेत्रबाट लामो समय देखी सहयोग पु¥याउदै आएका जेष्ठ कम्युनिस्टलाई सम्मान गरिएको र यसलाई आगामी दिनमा वडा तह सम्म पनी निरन्तरता दिने पार्टीले जनाएको छ ।
जिल्लाका १० वटै पालिका बाट कम्युनिस्ट आन्दोलनलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पार्टीले पंचदेवल विनायक नगरपालिका वडा न ४ का बल बहादुर शाही, मेल्लेख १ का नवल सिंह धामी, चौरपाटी गाउँपालिका वडा न ७ का ललित बोगटी, कमलबजार नगरपालिका १ का मान सिंह धामी, साफेबगर नगरपालिका वडा न १० का लक्ष्मण खड्का, बान्नीगढी जयगढ गाउँपालिका ३ का चन्द्र सिंह साउद, मंगलसेन २ का जगत बहादुर बोगटीलाई सम्मान गरेको छ ।
यस्तै तुर्माखाद गाउँपालिका वडा न ६ का रण बहादुर माझी, ढकारी गाउँपालिका वडा न ३ का भक्त बहादुर बुढा र रामारोशन गाउँपालिका वडा न ६ का धर्म सिंह साउदलाई सम्मान गरेको एमाले जिल्ला कमीटी सचिवालय सदस्य नरेश कुमार शाहीले जानकारी दिनुभएको छ । सम्मान कार्यक्रममा नेकपा एमाले नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस