एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा

छिनोफानो   बिहिबार ०३, पुष २०८२ ११:५०

काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ ।

भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको छ । ओलीको १ सय ५६ मत आउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले १ सय १५ ल्याउँदा सुरेन्द्र पाण्डेले १ सय ८ मत प्राप्त गर्नुभएको छ ।

केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी परेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु