पवन भण्डारी,धनगढी । आफूले लिएको पैसा फिर्ता दिन्छु भन्दै सम्पर्कमा आएका पूर्व प्रदेश सभा सांसद कुन्ती जोशीका श्रीमान् धरणीधर जैशी पुनः सम्पर्क विहीन बनेका छन । अछामको ढकारी गाउँपालिका निवासी उमेश थापाबाट योजना हालिदिन्छु भन्दै पैसा लिएर लामो समय सम्म सम्पर्क विहीन रहेका जोशी छिनोफानो डटकममा समाचार प्रकाशन भएपछि सम्पर्कमा आएका थिए ।
जोशीले आफूलाई पौष २८ गते सम्मको समय दिन भन्दै आफू सँग माग गरेपछि आफूले समय दिएको पीडित थापाले बताए । केही दिन नियमित रूपमा सम्पर्कमा रहेका जोशीले आफूलाई पैसा बुझ्न सुर्खेत आउन र आफू आउन नपाउने तर आफ्नो मान्छेले तपाई क्यास पैसा दिन्छ भन्दै सुर्खेत बोलाएको थापाको भनाई छ ।
आफू सुर्खेत आएपछि जोशी पुनः सम्पर्क विहीन भएको थापाले गुनासो गरे । आफूले जोशी विरुद्ध प्रहरीमा चेक बाउन्स एवम् ठगीको मुद्दा समेत दर्ता गरेको बताउँदै थापाले भने प्रहरी पनि प्रक्रियामा लागेका छन अब केही हुन्छ होला । जोशीले आफूलाई अछामबाट सुर्खेत बोलाएर सम्म धोका दिएको गुनासो पोखे । आमाको उपचारका लागी आर्थिक अवस्था निकै जटिल भएको भन्दै समस्या राख्दा समेत जोशीले आफ्नो पैसा रिटन नगरेको उनको भनाई छ ।
जोशीकी श्रीमती पूर्व प्रदेश सभा सदस्य कुन्ती जोशीले समेत चेक अनुसारको पैसा आफूले केही दिनमै दिने बताएको भए पनि हाल उनी पनि सम्पर्क विहीन भएको थापाको भनाई छ । फरार धरणीधर जैशी पूर्व माओवादी निकट नेता हुन भने उनकी श्रीमती कुन्ती जोशी पूर्व माओवादीबाट प्रदेश सभा सांसद भएकी थिइन । जैशीका दुई ओटा नम्बरमा सम्पर्क गर्दा फोन अफ रहेको छ ।
प्रतिकृया दिनुहोस