धनगढी । कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दिर्घ खड्काकाे करेन्ट लागेर मृत्यु भएको छ ।
खड्कालाई आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेकाे थियो ।गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँचपछि मृतघोषणा गरेकाे प्रहरीले जनाएको छ ।
बझाङकाे तलकोट गाउँपालिका–२ न्यारी बस्ने ६१ वर्षीय जया कामीकाे भिरबाट खसेर मृत्यु भएको छ ।
धमेनाबाट तलकोटस्थित घरतर्फ जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खस्दा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस