समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सकियो

छिनोफानो   सोमबार ०६, माघ २०८२ ११:१९

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल २ करोड ८ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कूल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब १ करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, अहिलेसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४ सय २० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु