काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।
त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
प्रतिकृया दिनुहोस