बैतडी, माघ ६ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार गाउँ गाउँमा पुग्न थालेका छन् भने मतदाता रोजगारी खोज्न भारततिर गएका छन् । गएको पुस महिनामा मात्रै बैतडीको झुलाघाट नाकाबाट दुई हजार सर्वसाधारण रोजगारीका लागि भारत गएको तथ्याङ्क छ ।
उम्मेदवार मतदाता रिझाउन गाउँ पसेका बेला जिल्लाका विभिन्न गाउँबाट पुस १ गतेदेखि माघ ४ गतेसम्म एक हजार ३९१ पुरुष र ८५२ महिला गरेर दुई हजार २४३ जना भारत गएको झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क छ । सीमा नाकामा भारत जानेको तथ्याङ्क दैनिक रूपमा राख्ने गरिएको चौकी इन्चार्ज गङ्गाराम टमटाले बताउनुभयो । भारत जानेमा अधिकांश दलित बस्तीका रहेका छन् ।
दशरथचन्द नगरपालिका–४, तिरगाउँ, बुतखोला र तोलीका दुई सय दलित घरपरिवारमध्ये आधा जति रोजगारीका लागि भारत पसेका दलित अगुवा मदन तिरुवाले बताउनुभयो । पछिल्लो समय बालबच्चासहित परिवारका सबै सदस्य भारत हिँडेपछि २० वटा घरमा ताला लागेको उहाँले बताउनुभयो ।
दशरथचन्द नगरपालिका–४, तिरगाउँका २२ वर्षीय हरिस तिरुवा चार कोठाको घरमा ताला लगाएर बालबच्चासहित रोजगारी खोज्न भारत पस्नुभएको छ । उहाँसँगै पदम तिरुवा पनि श्रीमती, बालबच्चा र वृद्ध आमाबुवासहित १० जनाको परिवार भारत हिँडेपछि गाउँ सुनसान बनेको स्थानीय प्रेम बोगटीले बताउनुभयो ।
गाउँमा ज्यामी कामसमेत नपाउँदा छोरा भारत पलायन भएको मिस्त्री मदन तिरुवाले पीडा सुनाउनुभयो । गाउँ नै खाली हुने गरी अधिकांश युवा परिवारसहित भारत हिँडेपछि गाउँ उराठ लाग्दो बनेको उहाँले बताउनुभयो ।
सिगास गाउँपलिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश सर्वसाधारण हिउँदमा मौसमी रोजगारीका लागि भारत जाने गरेका छन् । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा १० वटा स्थानीय तह र ८४ वडा रहेका छन् ।
निर्वाचन तयारी पूरा
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १२९ मतदान स्थलभित्र ‘क’ र ‘ख’ गरेर २१४ मतदान केन्द्र कायम गरिएका छन् । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेकोमा यो वर्ष थपिएर २१४ मतदान केन्द्र कायम भएको प्रमुख जिल्ला अधिकारी पुण्यविव्रmम पौडेलले बताउनुभयो । मतदानस्थलको सुरक्षाका लागि सबै पालिकामा अनुगमनसमेत तीव्र पारिएको उहाँले बताउनुभयो । यो निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । यो वर्ष छ हजार २१६ मतदाता थपिएका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको बताइएको छ ।
डोटीमा बढ्यो चहलपहल
डोटी समाचारदाताका अनुसार डोटी जिल्लाका ग्रामीणदेखि बजार क्षेत्रमा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयलाई लिएर चहल पहल बढेको छ । निर्वाचनका विषयमा सरकारी स्तरबाट भइरहेको तयारीको तीव्रतासँगै केही दिनअघिसम्म पनि निर्वाचनका विषयलाई लिएर स्थानीय राजनीतिक दलका कार्यकर्तादेखि सर्वसाधारणमा रहेको अन्योल हट्दै गएको छ । डोटीको आदर्श गाउँपालिकाका युवा रोशनप्रसाद ओझाले भन्नुभयो, “कतिपय राजनीतिक दलको विवादका कुरा सुन्दा त चुनाव हुँदैन भन्ने लागेको थियो, सरकारी स्तरबाट भइरहेको तयारी हेर्दा चुनाव हुन्छ नै भन्ने लागेको छ ।” कामका लागि भारतमा र बसाइँसराइ गरेर तराई जानेहरूका कारण ग्रामीण क्षेत्रका अधिकांश क्षेत्र सुनसान जस्तै रहेका छन् । निर्वाचनको तयारी प्रव्रिmया सुरु भएसँगै घर छोडेर गएका पनि गाउँघरतिर फर्कन थालेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यका लागि जिल्ला अदालत डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले स्थानीय तह र जिल्ला तहमा सरकारी स्तरबाट राजनीतिक दलका प्रतिनिधिलगायतका सरोकारवालासँग अन्तव्रिर्mया कार्यव्रmम भएका छन् ।
सुरक्षाका दृष्टिकोणले डोटी जिल्लामा १३ मतदान स्थल अति संवेदनशील मतदान स्थलका रूपमा रहेका छन् । डोटीमा ११८ मतदान स्थल रहेको ४४ मतदान स्थल संवेदनशील र ६१ मतदान स्थललाई सामान्य रूपमा लिइएको बताइएको छ । सुरक्षा निकायका प्रमुखले निर्वाचन अवधिभर आवश्यक सुरक्षा व्यवस्था कडा पारिने, संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रमा विशेष निगरानी राखिने र मतदाता तथा उम्मेदवारको सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हालसम्म जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो, “मतदान स्थलहरूको अनुगमन गर्ने व्रmममा राजनीतिक दलहरूबाट सकारात्मक सहयोग प्राप्त भएको छ । डोटी जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त छौँ, निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबै प्रकारको सुरक्षा व्यवस्था गरिएको छ ।”
जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ६१ हजार ५७८ पुरुष र ६६ हजार ८२१ महिला गरेर एक लाख २८ हजार ३९९ मतदाता रहेका छन् । डोटीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।
मनोनयन दर्ताको समय तोकियो
बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा रहेका छ वटा राजनीतिक दललाई मनोनय दर्ताको समय तालिका दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ११ बजेदेखि १२ बजे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई १२ बजेदेखि १ बजेसम्म, नेपाली कांग्रेसलाई १ देखि २ बजेसम्म, नेपाली कम्युनिस्ट पार्टीलाई २ देखि ३ बजे, जनता समाजवादी पार्टी नेपाललाई ३ देखि ४ बजे र राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ देखि ५ बजेसम्म मनोनय दर्ताको समय दिइएको छ ।
आचारसंहिताको जानकारी
अमरगढी समाचारदाताका अनुसार मुख्य निर्वाचनको कार्यालय डडेलधुराले सर्वपक्षीय बैठकको आयोजना गरेर राजनीतिक दलका प्रतिनिधिलाई आचारसंहिताबारे जानकारी गराएको छ । साथै उम्मेदवारले मनोनयन दर्ता गर्दा भिडभाड हुने भन्दै मनोनयन दर्ताको समय तोकिदिएको छ ।
बढीमा २५ जनाको सङ्ख्या र १० भन्दा बढी झन्डासमेत बोक्न नमिल्ने आचारसंहिता लागु भइसकेकाले भिडभाड हुन नदिन राजनीतिक दलका प्रतिनिधिको सल्लाहबमोजिम मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले बताउनुभयो ।
सबैभन्दापछि अपरान्ह ४ नेपाली कांग्रेसले मनोनयन दर्ताको समय माग गरे अनुसार त्यसभन्दाअघि दिउँसो ३ः३० बजे नेकपा (एमाले), ३ बजे नेपाली कम्युनिस्ट पार्टी, २ः३० बजे रास्वपा, २ बजे राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ । त्यसअघि श्रमदान संस्कृतिलगायतका अन्य दलले बिहान १० बजेदेखि उम्मेदवार मनोनयन गर्न सक्ने छन् ।
उहाँका अनुसार एक दललाई कम्तीमा ३० मिनेटका हिसाबले उम्मेदवारी मनोनयनका लागि समय तोकिएको छ । एकै पटक आउँदा निर्वाचन अधिकृतको मुख्य कार्यालय डडेलधुरा जिल्ला अदालतमा भिडभाड बड्ने भएकाले मनोनयन दर्ताका लागि दललाई पायक पर्ने समय अनुसार समय तोकिएको उहाँको भनाइ छ ।
आचारसंहिताको पूर्ण पालनाका लागि मुख्य निर्वाचन अधिकृत एवं डडेलधुरा अदालतका न्यायाधीश कोइरालाले आग्रह गर्नुभएको छ । निजी वा सार्वजनिक स्थानमा पोस्टर टाँस्न नमिल्ने, भित्ते लेखन गर्न नमिल्ने, प्रतिनिधि सभा सदस्यका उम्मेदवारले बढीमा ३१ लाख रुपियाँ मात्रै खर्च गर्न सक्ने गरेर आचारसंहिता आइतबार राति १२ बजेदेखि लागु भइसकेकाले आचारसंहिताको पालनाका लागि उहाँले राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
आलोपालो मनोनयन
धनगढी समाचारदाताका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलालीको क्षेत्र नम्बर ५ मा आलोपालो मनोनयन दर्ताको व्यवस्था गरेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर आलोपालो उम्मेदवारी दर्ताको व्यवस्था गरिएको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान साढे १० बजेदेखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा अन्य दलले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसै गरी दिउँसो १२ देखि १२ः३० बजेसम्म नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस्तै साढे १२ देखि १ बजेसम्म राष्ट्रिय स्वतन्त्रता पार्टी, १ देखि २ बजेसम्म नेपाली कम्युनिस्ट पार्टी, २ देखि ३ बजेसम्म नेपाली कांग्रेस पार्टीले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत चेन्तराज पन्तले जानकारी दिनुभयो ।
यसै गरी ३ बजेदेखि ३ः३० बजेसम्म राष्ट्रिय जनमोर्चा पार्टी, ३ः३० देखि ४ बजेसम्म नेकपा संयुक्त र ४ देखि ५ बजेसम्म नेकपा (एमाले) ले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ । मनोनयनपत्र दर्ता गर्ने कार्यलाई व्यवस्थित गर्न यो समय सारणी प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मनोनयनपत्र बिहान १० देखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा दर्ता गर्न सकिने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस