प्रमुख उपप्रमुखविहीन बन्यो टिकापुर नगरपालिका

छिनोफानो   मङ्गलबार ०७, माघ २०८२ १२:१७

धनगढी: कैलालीको टिकापुर नगरापालिका प्रमुख उपप्रमुख विहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिए । २०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०को तर्फबाट उम्मेदवार बन्न लागेका छन् ।

‘खासमा मैलै २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको थिएँ । अहिले नै प्रतिनिधि सभाको चुनाव आयो र पार्टीले विश्वास गरेर टिकट दियो । त्यसैले यो नयाँ जिम्मेवारी लिन तयार भएको हुँ,’ उनले भने । नियम अनुसार मेयरले उपमेयरलाई लिखित राजीनामा बुझाउनुपर्ने हुन्छ, तर टीकापुरमा उपमेयर पद प्राविधिक रूपमा खालीजस्तै छ ।

उपमेयर खडकबहादुर शाह जग्गा हिनामिना काण्डमा मुछिएका छन् । नगर विकास समितिको जग्गा घोटालामा संलग्न भएको भन्दै अख्तियारले मुद्दा चलाएपछि उनी निलम्बनमा छन् । दुई वर्षदेखि उनको मुद्दा किनारा नलागेकाले उपमेयरले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् । उपमेयर विहीन बनेको नगरपालिकामा मेयरले पनि राजीनामा दिएपछि नेतृत्वविहीन भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु