क्यान अध्यक्ष चन्द बैतडीबाट चुनाव लड्दै, कांग्रेसले दियाे टिकट

छिनोफानो   मङ्गलबार ०७, माघ २०८२ १२:१९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनलाई नेपाली कांग्रेसले बैतडीबाट उम्मेदवार बनाएको हो । क्यानमा दोस्रो कार्यकाल बिताइरहेका चन्द लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए । उनी हाल बैतडीका कांग्रेस सभापतिसमेत छन् । बैतडी कांग्रेसले उनलाई उम्मेदवार सिफारिस गरेको थियो ।

चन्दले आमनिर्वाचन लड्न क्यानबाट राजीनामा दिइराख्नुपर्ने छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु