एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

छिनोफानो   मङ्गलबार ०७, माघ २०८२ ०३:००

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

दमकमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराउनुभएको हो । मनोनयनका लागि ओलि हिजाे नै झापा जानुभएको थियो ।

मनोनयन दर्ताअघि ओलीले नवयुवा आन्दाेलनका क्रममा झापामा क्षति भएका संरचनाहरूको अवलोकन गर्नुभयो । झापा–५ ओलीको गृह क्षेत्र हो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले पनि मनोनयन दर्ता गराउनुभएको छ । आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु