रुकुम पूर्वबाट प्रचण्डकाे उम्मेदवारी दर्ता

छिनोफानो   मङ्गलबार ०७, माघ २०८२ ०३:०२

काठमाण्डाै – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य चुनावका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रुकुमकाेटमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले मनोनयन दर्ता गराउनुभएको हो । रुकुम पूर्व माओवादी सशस्त्र युद्धकाे आधार क्षेत्रका रूपमा रहेकाे छ ।

मनाेनयन दर्तापछि उहाँले रुकुमकाे विकासलाई पहिलाे प्राथमकिता दिने बताउनुभयाे । यसअघि प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु