धनगढीः नेकपा एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका ढुङ्गानालाई यो पटक पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको हो।
ढुङ्गानाले एमालेका उपमहासचिव लेखराज भट्ट तथा पूर्व सांसद नारदमुनि रानालगायत नेताहरूको उपस्थितिमा एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन्। कैलाली-५ मा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, नेकपा र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गरेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस