सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) पक्षमामा  तीन जना एमाले सांसदको सनाखत

  आइतबार २०, भदौ २०७८ ०६:२४

सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।धनगढी स्थित निर्वाचन आयोग  कार्यालयमा आइतबार सांसद  दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल  गएर सनाखत गरेका हुन्।यसअघि  १० जना प्रदेश सभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरिसकेका  छन्।

यस अघि सनाखत गर्ने मध्य पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी,  सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।
उनीहरूले सनाखत गरेसँगै प्रदेश सभामा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा बलियो देखिएको छ।

  सुदूरपश्चिममा प्रदेश सभामा २५ मध्ये १७ सांसद वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा  रहेका छन् । सुदूरपश्चिमका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारी ले फेरी २ जना संसद नेकपा (एकीकृत समाजवादी) पक्षमामा  थपिने र स्थायितह बाट पनि सनाखत गर्नेको धेरै रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु