दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

छिनोफानो   बुधबार ३०, भदौ २०७८ ०२:१०

यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ ।

यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । 

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

 तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए । 

रातोपाटी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु