भारतमा नेपालीहरु लाई रोजगारीका लागी लाँखौ तिर्नु पर्ने बाध्यता ,नेपालीहरु बाटै ठगिदै नेपाली

पवन भण्डारी   शुक्रबार १६, पुष २०७८ ११:०८

पवन भण्डारी, पुणे भारत । नेपाली नागरिकहरुको प्रमुख रोजगारीको गन्तब्य भनेको भारत हो । बिना भिसा नेपालीहरु लाई भारत आवत जावत गर्न  अनुमती छ । तर नेपाल बाट रोजगारी गर्न भारत पुगेका नेपालीहरु भने नेपालीहरु बाट ठगिने गरेका छन ।

यातायात खर्ज पनि सापटि गरेर भारत रोजगारीका लागी पुग्ने नेपालीहरु नेपाली बाटै ठगिने गरेका हुन । अन्य देश जानका लागी भिसा लगाउन नसक्ने र पैसा तिर्न नसक्ने नागरिकहरु बिषेश गरि भारतमा आउने गरेका छन ।

तर भारतमा सामान्य काम लगाई दिए बाफत नेपालीहरुले नेपालीहरु बाटै लाखाँै पैसा असुल्ने गरेका छन । भारतका बिभिन्न ठाँउमा रहेका नेपालीहरुले रकम खाएर मात्र काम लगाउने गरे पछि सामान्य पैसा तिर्न नसक्ने ब्याक्तीहरु भने रोजगारी नै नपायर नेपाल फिर्ता हुनु पर्ने बाध्यता रहेको छ । 

भारतका पुना मुम्बै लगायतका क्षेत्रमा काम बेचेर लाखौ असुल्ने धन्दा पछिल्लो समय निकै बढ्दै गएको भारतमा रोजगारीका लागी पुगेका एक नेपालीले बताए । उनले भने आफुलाई एक नेपालीले सामान्य सरसफाई गर्ने काम लगाई दिन्छु तलब १५ हजार छ एक लाँख तिर्नु पर्छ भन्दा आफुले तिर्न नसक्दा जारीर नपाएको गुनाँसो पोखे ।

एक लाँख भारु पैसा आफु सँग भएको भए किन भारत आउनु पथ्र्यो बिदेश जान्थ्ये या नेपाल मै सानो तिनो ब्याबसाय  गथ्र्ये उनले भने । भारतमा अधिकाँस नेपालीहरु बिल्डीङमा सरसफाईको काम गर्ने गर्छन तर सोहि बिल्डीङ बेच्ने धन्दा भारतमा निकै फस्टाढको  अर्का एक नेपालीले गुनाँसो गरे । 

भारतमा नेपालीहरुका समस्या समाधान गर्न थुप्रै संघ संगठनहरु भए पनि उनिहरुका प्रमुख नाईकेहरु दलाली काममा प्रमुख रहेको नाम नबताउने सर्तमा एक सुदुरपश्चिमेली नेपाली समाजमा सदस्यले बताए । उनले भने आफुहरुले यो परम्परा हटाउनु पर्छ भन्दै आवाज उठाउदै आएको भए पनि कसैले वास्ता नै नगर्ने गरेको उनले बताए । 

यो परम्पराले थुप्रै नेपालीहरुले आफनो श्रम लाई सस्तोमा बेच्न बाध्य छन भारत सरकारले नेपालीहरुको श्रम अनुसारको कामको मुल्यांङ्कन गरेको भए निकै राहात हुने थियो उनले भने ।

बिदेशमा लाखौ लगायर जान नसक्ने नेपालीहरु भारतमा रोजगारीका लागी आउछन तर यहाँ बिदेश जान लाग्ने पैसा भन्दा बढि पैसा तिरे पछि मात्र रोजगार पाउछ गरिबले जागिर पाउने सम्भावना नै छैन उनले भने ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु