नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा

छिनोफानो   आइतबार २५, पुष २०७८ ०१:४०

नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार उनीहरुको सरुवा गरेका हुन् ।

सरुवासँगै सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन् । सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ । विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु