सुदूरपश्चिमका ट्राफिक प्रमुख बामदेव गौतमको सरुवा

छिनोफानो   आइतबार २५, पुष २०७८ ०३:१८

धनगढी । सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार गौतमसँगै ३४ एसपीहरूको सरुवा गरेका हुन् । गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा भएको हो ।

उनी गत बर्षको भदौं महिनामा सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको कमाण्ड सम्हाल्दै आएका थिए । अब उनको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रबिण धिताल आउने भएका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले ३४ एसपीहरूको सरुवा गरेको छ ।

सरुवामा कतिपयलाई जिल्लामा पठाइएको छ भने कतिपयलाई प्रहरीका विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु