परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, अति आवश्यक बाहेकका सेवा बन्द

छिनोफानो   आइतबार २५, पुष २०७८ ०४:५०

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो ।

तर नगरपालिकाको कार्यालय मातहतकाअन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

कोरोना संक्रमण देखिएका कर्मचारी मध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका जनाईएको छ । संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु