एमाले जिल्ला अधिवेशन : कैलालीमा मतदान सुरु नहुँदा नाराबाजीसहित प्रर्दशन

छिनोफानो   आइतबार २५, पुष २०७८ ०६:४९

धनगढी । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि तोकिएको मतदान स्थलमा नाराबाजीसहित प्रर्दशन भएको छ । मतदान सुरु नभएपछि प्रतिनिधीहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन् ।

निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधीहरुले समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन् । निर्वाचन समितीले आज बिहान साढे ८ बजेबाट मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो । तर अहिले सम्म पनि मतदान हुन सकेको छैन ।

मतदान समयमै सुरु नहुँदा प्रतिनिधि आक्रोशित भएका हुन् । यता निर्वाचन समितीले आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन नसकेको जनाएको छ । जिल्लाको नेतृत्वका लागि रतन थापा र रण बहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु